दफा ३६
समन्वय र सहयोग गर्नु पर्ने
(१) एक प्रदेशले अर्को प्रदेशसँग वित्त सम्बन्धी साझा चासो, सरोकार र हितका विषयमा सूचना आदान प्रदान गर्न, परामर्श गर्न तथा आफ्ना कार्य र विधायनबारे आपसमा समन्वय र आपसी सहयोग विस्तार गर्न सक्नेछन् ।
(२) नेपाल सरकार, प्रदेश वा स्थानीय तहले आपसमा समन्वय गरी आफ्नो जिम्मेवारीभित्रको राजस्व एक अर्का मार्फत् उठाउन वा कुनै खास प्रकारका राजस्व एकद्वार प्रणालीबाट उठाउने व्यवस्था गर्न सक्नेछन् ।
(३) नेपाल सरकार, प्रदेश वा स्थानीय तहले राजस्वका दर यथासम्भव समान रूपमा कायम गर्ने वा तत्सम्बन्धी अन्य विषयमा आवश्यक समन्वय गर्न सक्नेछन् ।